onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

माघको अन्तिम साता नेपाली क्रिकेट टोली कतार जाने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले यहीँ माघको अन्तिम साता कतारको भ्रमण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान ) ले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाली क्रिकेट टोली कतारसँग मैत्रीपूर्ण क्रिकेट खेल्न त्यसतर्फ जान लागेको हो ।

हाल प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा ब्यस्त नेपाली खेलाडीहरु माघ १९ गतेदेखि बन्द प्रशिक्षणमा समेत जोडिने छन् । त्यसपछि नेपाली टोली कतार जाने तय भएको हो ।

कतार क्रिकेट एसोसिएसनले आफ्नो नेशनल स्पोर्ट्स डे को अवसर पारेर नेपाललाई खेल्न आमन्त्रण गरेको हो । खेल माघ २७ देखि ३० गतेसम्म चल्नेछ । तर खेलको बारेमा थप जानकारी भने आउन बाँकी रहेको छ । त्यसका लागि क्यानसँग छलफल भईरहेको छ ।

यसपछि नेपाली टोली आईसीसी विश्वकप लिग -२ को तयारीमा जुट्ने छ । नेपालले मार्चमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने खेल तालिका रहेको छ ।

नेपालले अन्तिम पटक अन्तर्राष्ट्रिय प्रतियोगिता थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि – ट्वान्टी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्