onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सात क्रिकेट खेलाडीलाई क्रिकेट बजारको प्रायोजन

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालका सात जना राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई क्रिकेट बजार (सीबी) ले प्रायोजन गरेको छ ।

जसमा अनिल कुमार शाह,राशिद खान,मेहबुब आलम , राम नरेश गिरी,सुनिल धमला,रवि शाह र अर्निको यादव रहेका छन् ।

सीबीले मंगलबार काठमाडौंमा उनिहरुसँग १ वर्षको लागि प्रायोजन सम्झौता समेत गरेको छ । जसमा क्रिकेट बजारका संचालक जय गिरी र खेलाडीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार क्रिकेट बजारले खेलाडीहरुलाई आफुले उत्पादन गर्दै आएको सामाग्री तोकिएको समयसम्म उपलब्ध गराउने छ ।

क्रिकेट बजारले क्रिकेट सम्बन्धि सामानहरु उत्पादन तथा बिक्रि गर्दै आएको छ । स्थापनाको छोटो समयमानै यसले राम्रो छाप छोड्न पनि सफल भएको छ ।

त्यसैको फलस्वरुप सीबीले तयार गरेका क्रिकेट सामाग्रीहरु अहिले धेरै खेलाडीहरुले प्रयोग पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्