onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफबाट आर्मीलाई बलियो चुनौती

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मीलाई बलियो योगफल प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४९.४ ओभरमा अल आउट हुँदै २ सय ४० रन बनाएको थियो ।

उसका लागि युवा ब्याट्सम्यान सुमित महर्जनले सर्वाधिक ठूलो पारी खेले । ६८ बलको सामना गरेका उनले ५ चौका र २ छ्क्कासहित ४६ रनको योगदान गरे ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान सुवास खकुरेलले ३८ रनको योगदान गरे । ८२ बलको सामना गरेका उनले त्यस क्रममा ६ चौका प्रहार गरेका थिए ।

यी दुई बाहेक टिमका लागि कप्तान शरद भेषावकरले २४ तथा सन्दीप जोराले २८ रन , वसन्त रेग्मीले २० र अमर सिंह रौटेलाले २६ रन बनाएका थिए ।

बलिङतर्फ त्रिभुवन आर्मीका लागि हरी चौहान एक्लैले ५ विकेट लिएका थिए । ९.४ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ६० रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै शाहब आलमले २ तथा आकाश चन्द , सुशन भारी र विक्रम शोबले १-१ विकेट लिएका थिए ।

समूहबाट सेमिफाइनल तय गरेका यी दुईबीच यस खेलले समूहको विजेता र उप- विजेता तय गर्नेछ । अंकतालिकामा यी दुईको समान ६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्