onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लामो अवधिको नाईन्टी सिक्स ट्रफी क्रिकेट प्रतियोगिता हुने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालमा हालसम्मकै सबैभन्दा लामो क्रिकेट प्रतियोगिता नाईन्टी सिक्स ट्रफी हुने भएको छ ।

पूर्वको नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले गर्न लागेको उक्त यु-१९ क्रिकेट प्रतियोगितालाई दुईदिवसीय अवधारणामा खेलाईने छ ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेको वर्षलाई समर्पित यसलाई सिजनको रुपमा समेत लिन सकिन्छ । जुन १ सय २२ दिनसम्म चल्ने बताईएको छ ।

जहाँ प्रदेशले प्रतियोगितामा आठ क्लब वा एकेडेमीलाई सहभागिता गराउन पाउँने छन् । त्यस अन्तर्गत लुम्बिनी र कर्णालीको एकै हुनेछ ।
यहाँबाट प्रदेशका ६ विजेता टोली राष्ट्रिय स्तरमा खेल्नेछ । प्रतियोगिताको सिजन फागुन महिनाबाट शुरु हुने र समापन अर्को वर्षको माघमा हुने आयोजकले उल्लेख गरेको छ ।

यता प्रतियोगिताको विजेता टोलीले २ लाख ५० हजार लाख प्राप्त गर्नेछ । भने सर्वोउत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट बलर र ब्याट्स्म्यानले १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्