onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बागमती समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं ( अनलाइन खेल खबर ) । बागमती प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

समूह बी मा रहेको बागमतीले आफ्नो अन्तिम खेलमा लुम्बिनीसँग बराबरी खेलेसँगै बागमती समूहबाट पराजित रहदै सेमिफाइनल पुगेको छ । निकै रोमान्चक बनेको खेलमा बागमतीले प्रस्तुत गरेको २ सय २१ रनको विजयी लक्ष्यलाई पछ्याएको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा सिमित हुन् पुगेपछि खेल बराबरीमा सकियो ।

उसका लागि प्रकाश केसीले सर्वाधिक ठूलो योगदान गरेका थिए । ७२ बलको सामना गरेका उनले ५ चौकासहित ४१ रन बनाएका थिए । यस्तै टिमका लागि सौरभ खनालले ३४ रन ,ओपनर ब्याट्सम्यान सन्दीप सुनारले २५ रन र देव खनालले २६ रनको योगदान गरे ।

यस्तै अत्यमा कप्तान कृष्ण कार्कीले सानदार ब्याटिङ गरे । ४४ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए ।

बलिङतर्फ बागमतीका लागि विपिन कार्कीले ४ तथा गौतम केसीले २ र राम नरेश गिरी , तिलक भण्डारी र इशान पाण्डेले १-१ विकेट लिएका थिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

टिमले बलियो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यानद्वय आकाश थापा र आदील खानले ६३ रनको ओपनिङ साझेदारी गरेका थिए । १९.१ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका आकाश थापाले ६७ बलमा ४ चौका र १ छक्कासहित ३९ रनको योगदान गरे ।

आकाश आउट भएको सोही ओभरको तेस्रो बलमा बिभन्सु थापा सुन्य रनमा आउट हुन् पुगे । त्यसपछि आदीललाई साथ् दिन पृथु बास्कोटा आएका थिए । त्यस क्रममा आदील र पृथु बास्कोटाबीच ६५ रनको साझेदारी हुन् पुगेको थियो ।

३१.४ ओभरमा टिमको स्कोर १ सय २८ रन हुँदा तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका फर्किएका आदीलले भने अर्धशतक पूरा गरेका थिए । अनिल खरेलको बलमा जितेन्द्र शाहनीको हातबाट क्याच आउट हुनुअघि उनले ८७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५५ रनको योगदान गरेका थिए ।

यस्तै पृथु बास्कोटाले २९ रन बनाउँदा इशान पाण्डेले भने अर्धशतकीय पारी खेले । ५३ बलको सामना गरेका उनले ४ चौका र २ छक्कासहित ५१ रन बनाए । भने कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान गर्दा गौतम केसीले ८ रन र नन्दन यादव ११ रनमा अविजित रहे ।

बलिङतर्फ लुम्बिनीका लागि दिपेन्द्र रावलले ३ तथा सन्दिप सुनार र कृष्ण कार्कीले समान २ विकेट हात पारे । यस्तै विक्रम भुषाल र अनिल खरेलले पनि १-१ विकेट हात पारेका थिए ।

अब लुम्बिनीको सेमिफाइनल पुग्न सोमबार हुने खेलमा पुलिस प्रदेश २ सँग पराजित हुनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्