onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सुदूरपश्चिमलाई सान्त्वना जित

काठमाडौं ( अनलाइन खेल खबर ) । सुदूरपश्चिमले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ ।
प्रतियोगितामा सान्त्वना जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले आईतबार प्रदेश २ लाई ३ विकेटले पराजित गरेको छ ।

खेलमा प्रदेश २ ले दिएको १ सय ९६ रनको विजयी लक्ष्यलाई सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

टिमलाई जिताउन सन्जु दमाईले सर्वाधिक ठूलो पारी खेले । ३५ बलको सामना गरेका उनले ८ चौका र २ छक्कासहित ५७ रनको योगदान गरे । यस्तै टिमका लागि ओपनर ब्याट्सम्यानद्वय गजेन्द्र बोहरा र खड्क बोहराले क्रमश: ३९ र ४३ रन बनाएका थिए ।

यी तीन बाहेक टिमका लागि अरुण एरीले १९ रन र अर्जुन साउदले ७ रन बनाएका थिए ।

बलिङतर्फ प्रदेश २ का लागि हरि संखर शाहले २ तथा विवेक यादवले १ विकेट लिएका थिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २- ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो ।

उसका लागि हरि संखर शाहले सर्वाधिक ६० रनको योगदान गरेका थिए । ७३ बलको सामना गरेका उनले ९ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
यस्तै विवेक यादवले ४१ रन तथा मेहबुब आलमले २३ र राहुल प्रताप सिंहले १२ रन बनाएका थिए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन साउदले समान ३ विकेट हात पारेका थिए । भने अर्जुन एरीले २ तथा हेमन्त धामी र भोजराज भट्टले पनि १-१ विकेट लिएका थिए ।

यो सँगै सुदूरपश्चिमले ४ खेलमा १ जित निकाल्दै प्रतियोगितामा शुखद अत्य गरेको छ । यता ३ खेल खेलेको प्रदेश २ ले सबै खेल गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्