onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिद्धान्तको कप्तानी पारीमा प्रदेश १ को बलियो योगफल

काठमाडौं ( अनलाइन खेल खबर ) । कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय पारी खेलेपछि प्रदेश १ ले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशलाई २ सय १६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय १५ रन बनाएको छ ।

टिमका लागि कप्तान सिद्धान्त लोहलीले कप्तानी पारी खेले । ९७ बलको सामना गरेका उनले ९ चौकासहित ६६ रन बनाएका थिए । यस्तै टिमका लागि शुभनकन उराओले ३६ रन बनाउँदा फिर्दोस अन्सारीले १७ रन ,मिनाश थापाले २५ रन र ओपनर ब्याट्सम्यान सरवान यादवले १७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ३ विकेट हात पार्दा दिनेश अधिकारी र अनुज चुनाराले समान २-२ विकेट लिएका थिए । यस्तै दिवान पुन र राज शाहले पनि १-१ विकेट लिएका थिए ।

समूह ए मा रहेको प्रदेश १ ले यसअघिका ३ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । यता कर्णालीले २ खेलमा १ मा जित र १ मा हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्