onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीले गर्यो सन्दीपलाई फुकुवा

एजेन्सी । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल ) का लागि नेपाली युवा खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको छ ।

सन्दीपलाई दिल्लीले सन् २०१८ मा तीन वर्षको लागि अक्सनमार्फत टिममा भित्राएको थियो ।

त्यसबेला उनलाई २० लाख भारतीय रुपिएमा टिमले अनुवन्धित गरेको थियो । सन्दीपले आफ्नो पहिलो सिजनमा ३ खेलमा मौका पाउँदा ५ विकेट लिन सफल समेत भएका थिए ।

भने अर्को वर्ष सन् २०१९ मा उनले ६ खेलमा ८ विकेट लिएका थिए । तर युएईमा भएको अघिल्लो सिरिजमा भने सन्दीपले एक खेल पनि खेल्न पाएका थिइनन् । समग्रमा सन्दीपले दिल्लिबाट खेल्दा ९ खेलमा १३ विकेट लिएका थिए ।

यो सँगै अब उनि नयाँ संस्करणमा नयाँ फेन्चाइज टोलीसँग आबद्ध हुन् पाउने छन् । आइपिएल अक्सन फेब्रुअरी दोस्रो साता हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्