onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेटमा देखिएको दादागिरी

सलमान शाह ( अनलाइन खेल खबर ) । काठमाडौंमा अहिले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता जारी रहेको छ । त्यो सबैलाई अगवतनै भएको कुरा हो । जसअन्तर्गत टियु र मुलपानीमा गरेर समूह चरणका खेलहरु भईरहेका छन् ।

त्यसै क्रममा मंगलबार हामी गण्डकी र कर्णाली प्रदेशबीचको खेलका लागि समाचार संकलन गर्न त्यसतर्फ थियौं । खेल आफैमा सुखद थियो । कर्णालीले पहिलो पटक प्रधानमन्त्री कपमा जित हासिल गरेको थियो । माहोल आफैमा सकारात्मक नै थियो । कर्णालीका खेलाडीहरुको सपना विपनामा परिणत भईरहेको थियो । खेलाडी तथा अफिसियलमा खुशीको सिमानै रहेको थिइन् ।

मैदान नै कर्णालीमय बन्दै गएको थियो । उता गण्डकी पराजित भएपनि अर्जुन कुमाल जस्ता खेलाडीले सबैको मन जितिसकेका थिए । घरेलु क्रिकेटमा आफैमा त्यो ऐतिहासिक दिन समेत रहेको थियो ।

सिमित स्रोत र विभिन्न कठिनाईकाबीच राष्ट्रिय प्रतियोगितामा जित हासिल गर्नु सामान्य चाहिँ थिइन् । एक जित अनेक सन्देश कर्णालीले मुलपानीमा दिईरहेको थियो ।

खेल सकियो , माहोल खुशीमय थियो । वर्षपछि कर्णालीका खेलाडीले देखेको सपना पूरा भएको थियो । त्यसपछि नियमित प्रकिया अन्तर्गतको पोस्ट म्याच कन्फेरेन्स सुरु हुन् पुग्यो ।

जहाँ सुरुमा कर्णालीका कप्तान रविन्द्र शाहीले आफ्नो कुराहरु राखे । त्यसपछि उनै ऐतिहासिक जितका नायक प्रशिक्षक पल फरेरासँग कुरा गर्न उनलाई कप्तानमार्फत आमन्त्रण गयौं । उनि पनि निकै खुशी थिए । सोही खुशीलाई उनले सहज तरिकाले नेपाली सञ्चारकर्मीसँग साट्दै थिए ।

त्यस क्रममा त्यहाँ जुन दृश्य देखियो । त्यो हाम्रो लागि पनि कल्पना बाहिर रहेको थियो । अन्तर्वार्ता करिव –करिव अत्यतिर पनि थियो । त्यसै क्रममा अन्तर्वार्तालाई नै रोक्ने हर्कत त्यहाँ हुन् पुग्यो । उनि रहेछन् । बागमती प्रादेशिक क्रिकेट संघ र प्रतियोगिताको एसियु सदस्य अजय वीर पाण्डे ।

जसरी उनि प्रस्तुत हुँदै थिए` । त्यो आफैमा खेदजनक रहेको थियो । उनले अन्तर्वार्ता रोक्ने मात्र काम गरेनन् । सञ्चारकर्मीले पाचौं प्रश्न सोध्दा उनले “प्रश्न गर्या गरै नगरौ न उसलाई पनि टाइम दिउ है । कति वटा प्रश्न भयो ? १० वटा प्रश्न भयो ?” भन्दै रोक्ने काम गरेका थिए । त्यसमाथि उनको दम्भ र दादागिरी शैली निरन्तर जारी रहेको थियो ।

उनले रोक्ने प्रयास गरेपछि हामीहरुले पनि आफू प्रति अपमान भएको महशुस गरेपछि क्यामेरा बन्द गर्यौं र त्यहाँबाट फर्किदै थियौं । उनि अझ अभद्र हुँदै धम्कीको भाषासमेत प्रयोग गरेका थिए । त्यहाँ रहेका अन्य क्यानका पदाधिकारीले पाण्डेले गल्ति गरेको औंल्याईरहदा पनि उनि भने आफ्नो बचाउ गरिरहेका थिए ।
उता प्रशिक्षक पनि अलमल्ल देखिदै थिए । सायद उनले भाषा त बुझेनन् होला तर मनसाय बुझे । एक विदेशी प्रशिक्षकसामू त्यसरी प्रस्तुत हुनु आफैमा लज्जास्पद माहोल थियो । उनि पनि उनको ब्यबहार देखेर दुखिद देखिन्थे । सम्भवत उनि यसरी धेरै सञ्चारकर्मीसँग कुरा गरेको पहिलो पटक नै हुनु पर्छ । जसरी उनले त्यहाँ त्यो ब्यबहार देखे उनिमा कस्तो छाप पर्यो होला । त्यो सोचनीय विषय बनेको छ ।

यता पाण्डेको ब्यबहार प्रति स्वयम् क्याननै आजित भएको बुझ्न आएको छ । बुझ्दै जाँदा उनले यसरी सञ्चारकर्मीमाथि हमला गरेको पहिलो पटक भने होईन् रहेछ । बेला बखत यी यस्ता कुरा गर्दै आएका उनको त्यो पुरानै हेपाहा शैली मंगलबार पनि देखिएको मात्र हो ।

तर यस्ता छबि बनाएकालाई क्यानले यस्तै भूमिकामा निरन्तर राखि रहदा सिंगो क्यानमाथि पनि प्रश्न उठेको छ । यस बारेमा क्यान गम्भीर हुन् जसरी छ होईन् भने त्यसको पूर्ण जिम्मेवारी क्यानले नै लिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्