onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

समाचार संकलन गर्न मुलपानी पुगेका सञ्चारकर्मीलाई आयोजकबाट अभद्र व्यबहार

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समाचार संकलन गर्न मुलपानी क्रिकेट मैदान पुगेका खेल पत्रकार तथा सञ्चारकर्मीलाई आयोजकबाट अभद्र व्यबहार भएको छ ।

मंगलबार मुलपानीमा गण्डकी र कर्णाली प्रदेश बीचको खेल प्रश्चात कर्णालीका विदेशी प्रशिक्षकसँग कुरा गर्ने क्रममा बागमती प्रदेश क्रिकेट संघका सदस्य तथा प्रतियोगिताको एसियु कमिटीका सदस्य समेत रहेका अजय वीर पाण्डेले अभद्र व्यवहार प्रस्तुत गरे ।

खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनका दौरान कर्णालीका प्रशिक्षकसँग कुरा गर्दै गर्दा उनले बीचमै रोक्ने हर्कत देखाएका थिए।

जुनसुकै प्रतियोगिताको प्राबधान अनुसार खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनमा सञ्चारकर्मीसँग टिमका सदस्यहरुले अवस्था र माग हेरिकन आफ्नो कुराहरु राख्ने गरिन्छ ।

सोही कुरा मुलपानीमा हुँदै थियो । प्रशिक्षक मज्जैले आफ्नो कुराहरु सञ्चारकर्मीसँग राख्दै थिए । र अन्तरवार्ता अन्तिम – अन्तिम चरणमा समेत आईपुगेको अवस्था थियो ।

तर सकिँनै लाग्दा त्यहाँ जुन दृश्य देखियो । त्यो आफैमा खेद जनक रहेको छ । अन्तरवार्तालाई बीचमै रोक्ने प्रयासपछि पनि उनको अभद्र व्यबहार रोकिएको थिएन् ।

त्यसपछि सञ्चारकर्मी फर्किने क्रममा उनि अझ अभद्र हुँदै धम्कीको भाषासमेत प्रयोग गरेका थिए । त्यसपछि त्यहाँ रहेका अन्य क्यानका पदाधिकारीले पाण्डेले गल्ति गरेको औंल्याईरहदा पनि उनि भने आफ्नो बचाउ गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्