onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सुदूरपश्चिममाथि बागमतीको फराकिलो जित

काठमाडौं (अनलाइन खेल खबर ) । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा बागमतीले सोमबार सुदूरपश्चिमलाई १ सय ८० रनले पराजित गरेको छ ।

खेलमा बागमतीले दिएको ३ सय रनको विशाल लक्ष्यलाई पछ्याएको सुदूरपश्चिम २१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १९ रनमा सिमित हुन् पुग्यो ।
विशाल चुनौतीलाई पछ्याएको भएपनि सुदूरपश्चिमको सुरुवातबाटै खराब सुरुवात हुन् पुगेको थियो । १.३ ओभरमा सुरुवाती चार ब्याट्सम्यान शून्य रनमा आउट हुन् पुग्दा सुदूरपश्चिम सुरुवातमै दबाबमा आएको थियो ।

तर अर्जुन साउदले ३१ रन जोडेपछि सुदूरपश्चिमलाई केहि राहत मिलेको थियो । यस्तै किरन ठंगुनाले २४ रन जोड्दा अत्यमा नारायण जोशी अविजित रहदै ४४ रन बनाएका थिए ।

बलिङतर्फ बागमतीका लागि राम नरेश गिरीले सर्वाधिक ४ विकेट हात पार्दा नन्दन यादवले २ र तिलक भण्डारी , विपिन आचार्य र दिपेश श्रेष्ठले पनि १-१ विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि पृथु बास्कोटा र आदिल खानले उत्कृष्ट साझेदारी गरेका थिए । यी दुई ब्याट्सम्यानबीच तेस्रो विकेटका लागि १ सय ९ रनको साझेदारी हुन् पुगेको थियो ।

३०.५ ओभरमा टिमको स्कोर १ सय ६९ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका आदिलले गजेन्द्र भोजराज भट्टको बलमा गजेन्द्र बोहराको हातबाट क्याच आउट हुनुअघि ८६ बलमा १० चौकासहित ६३ रनको योगदान गरे ।

त्यसपछि राम्रो ब्याटिङ गरिरहेका पृथु ३७.६ ओभरमा टिमको स्कोर २ सय ८ रन हुँदा व्यक्तिगत ८४ रनमा आउट हुन् पुगे । सन्तोष भट्टको बलमा आउट हुन् पुगेका उनले ९४ बलमा १० चौका र २ छक्कासहित ८४ रन बनाएका थिए ।

त्यसअघि १.४ ओभरमा टिमको स्कोर १६ रन हुँदा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका आकाश थापाले १३ रन बनाए । त्यसपछि पारस खड्का २० रन बनाएर पभेलियन फर्किदा इशान पाण्डेले १७ रन र कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । यस्तै अत्यमा विपिन आचार्यले पनि ३२ रन बनाउँदा राम नरेश गिरी १० रनमा अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका लागि नारायण जोशीले ३ तथा भोज राज भट्ट र सन्तोष भट्टले २-२ विकेट लिएका थिए । भने विनोद लामाले १ विकेट लिएका थिए ।

यसअघि समूह बी मा रहेको बागमतीले आफ्नो पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्