एसिया कप छ्नोट प्रतियोगिता का लागि नेपाली क्रीकेट टोलि को घोषणा : टिम मा सागर र बिनोदको पुनरागमन

एसिया कप छ्नोट प्रतियोगिता का लागि नेपाली क्रीकेट टोलि को घोषणा : टिम मा सागर र बिनोदको पुनरागमन

भदौ २ , अनलाईन खेलखबर || आसन्न अगस्ट २९ देखि सेप्टेम्वर ६ सम्म मलेसिया मा हुने एसिया कप छ्नोट प्रतियोगिता का लागि आज नेपाली क्रीकेट टोलि ले आफ्नो अन्तिम १५ सदस्यीय टोलि सार्बजनिक गरेको छ ।

केही दिनको स्वदेश मा बन्द प्रशिक्षण गर्दै आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टिम छनोट समिति ले र्राष्ट्रिय क्रीकेट टोलि को छनोट गरेको हो ।

आज सार्बजनिक खेलाडी हरुको सुचि मा लामो समय पछि विनोद भण्डारी र सागर पुन ले कमब्याक गरेका छ्न । भने अघिल्लो युरोप यात्रा मा समाबेश भएका सुबास खकुरेल लाई पनि टिम मा यथावत राखिएको छ ।

यस्तै अघिल्लो युरोप भ्रमण मा रहेका सरद भेषावकर नेदरल्यान्ड बिरुदको खेल मा हात मा चोट लागेको हुदाँ छ्नोट प्रतियोगिता गुमाउने भएका छ्न यस्तै नेपाल का भेट्रान खेलाडी शक्ति गौचन ले अन्तर्राष्ट्रिय क्रीकेट बाट सन्यास लिएका छ्न उनको नेदरल्यान्ड विरुद्ध को पहिलो एकदिवसीय सिरिज नै अन्तिम खेल हुन पुग्यो ।

घरेलु प्रतियोगिता मा राम्रो लय मा देखिएका सागर र बिनोद यसअघि युरोप भ्रमण मा जानू अघि पनि छ्नोट हुन्छ्न कि भन्ने लागेको भएता पनि छ्नोट भएका थिएनन तर शक्ति ले सन्यास र सरद टिम बाट बाहिर भए पछि सागर र बिनोद ले मौका पाएका छ्न ।

यसअघि निरन्तर खराब प्रंदशन गर्दै आएका यी दुई खेलाडी हरु ले २०१७ डिसेम्वरमा डब्लुसिएलअन्तर्गत युएईसँग खेलेयता राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।

यस्तै बन्द प्रशिक्षण मा रहेका प्रदिप ऐरी, सुनिल धमला, किशोर महतो र सुशन भारी भने वैकल्पिक सूचीमा छन्।

सेप्टेम्बर १३ देखि २८ तारिख सम्म मा युएई मा हुन लागेको एसिया कप मा एसिया का टेस्ट मान्यता प्राप्त देश भारत, पाकिस्तान , बङलादेश , श्रीलंका र अफगानिस्तान खेल्नेछ्न भने एक एसोसियट टिम यस छ्नोट प्रतियोगिता बाट छानिने छ । छ्नोट खेल मा सहभागिता जनाउने नेपाल सहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान बिच बाट प्रतियोगिता को बिजेता ले युएई को टिकट पक्का गर्ने छ ।

एसिसी ले केही महिना अघि सार्बजनिक गरेको समूह मा मलेसिया मा हुने छनोट प्रतियोगिता को बिजेता टोलि ले एसिया कप को समूह ” ए ” मा स्थान बनाउने छ जहाँ भारत र पाकिस्तान रहेका छ्न यस्तै समुह ” बि ” मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छ्न ।

नेपाली टोली :

•पारस खड्का (कप्तान)
•ज्ञानेन्द्र मल्ल (उपकप्तान)
•सोमपाल कामी
•वसन्त रेग्मी
•बिनोद भन्डारी
•सागर पुन
•सुबास खकुरेल
•दिपेन्द्र सिंह ऐरी
•सन्दीप लामिछाने
•रोहित कुमार पौडेल
•ललित सिंह भण्डारी
•अनिल कुमार शाह
•ललित नारायण राजबंशी
•मोहम्मद आरिफ शेख
•करन केसि

बैकल्पिक खेलाडी
•प्रदिप एरि
•सुनिल धमला
•किशोर महतो
•सुशन भारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *