onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पृथु र आदिलको अर्धशतकीय पारीमा बागमतीबाट विशाल लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेल खबर ) । पृथु बास्कोटा र आदिल खानले अर्धशतकीय पारी खेलेपछि बागमती प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रियक्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको छ ।

टिमले विशाल योगफल बनाउने क्रममा पृथु बास्कोटा र आदिल खानले उत्कृष्ट साझेदारी गरेका थिए । यी दुई ब्याट्सम्यानबीच तेस्रो विकेटका लागि १ सय ९ रनको साझेदारी हुन् पुगेको थियो । ३०.५ ओभरमा टिमको स्कोर १ सय ६९ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका आदिलले गजेन्द्र भोजराज भट्टको बलमा गजेन्द्र बोहराको हातबाट क्याच आउट हुनुअघि ८६ बलमा १० चौकासहित ६३ रनको योगदान गरे ।

त्यसपछि राम्रो ब्याटिङ गरिरहेका पृथु ३७.६ ओभरमा टिमको स्कोर २ सय ८ रन हुँदा व्यक्तिगत ८४ रनमा आउट हुन् पुगे । सन्तोष भट्टको बलमा आउट हुन् पुगेका उनले ९४ बलमा १० चौका र २ छक्कासहित ८४ रन बनाएका थिए ।

त्यसअघि १.४ ओभरमा टिमको स्कोर १६ रन हुँदा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका आकाश थापाले १३ रन बनाए । त्यसपछि पारस खड्का २० रन बनाएर पभेलियन फर्किदा इशान पाण्डेले १७ रन र कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । यस्तै अत्यमा विपिन आचार्यले पनि ३२ रन बनाउँदा राम नरेश गिरी १० रनमा अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका लागि नारायण जोशीले ३ तथा भोज राज भट्ट र सन्तोष भट्टले २-२ विकेट लिएका थिए । भने विनोद लामाले १ विकेट लिएका थिए ।

समूह बी मा रहेको बागमतीले आफ्नो पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्