onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिफेन्डिङ च्याम्पियन पुलिसमाथि बागमतीको सहज जित

काठमाडौं ( अनलाइन खेल खबर ) । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह बी मा रहेको बागमतीले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा आईतबार साविकको विजेता समेत रहेको नेपाल पुलिस क्लबलाई ,७ विकेटले पराजित गरेको छ ।

खेलमा पुलिसले प्रस्तुत गरेको १ सय १२ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको बागमतीले उक्त विजयी चुनौतीलाई ३४.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ६६ बलको सामना गरेका उनले ५ चौका र ३ छक्कासहित ४८ रन बनाए ।

यस्तै पारस खड्काले ४४ बलमा १ छक्कासहित १७ रनको योगदान गर्दा इशान पाण्डेले १७ रन , ओपनर ब्याट्सम्यान आदिल खानले १२ रन बनाएका थिए ।

बलिङतर्फ पुलिसका लागि दीपेन्द्र सिंह एरी र ललित राजबम्शीले समान १ विकेट हात पारेका थिए ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस २९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र १ सय ११ रनमा सिमित हुन् पुगेको थियो ।

टिमले उक्त योगफल खडा गर्ने क्रममा मध्यम सुरुवात गरेको थियो । ६.३ ओभरमा टिमको स्कोर ३२ रन हुँदा पुलिसले पहिलो विकेटका रुपमा सुनिल धमलालाई व्यक्तिगत १७ रनमा गुमाएको थियो ।

त्यसपछि पुलिसको विकेट पतन रोकिनन् । त्यस क्रममा अमित श्रेष्ठ ६ रन बनाएर आउट हुन् पुग्दा ओपनर ब्याट्सम्यान किशोर महतो पनि १७ रन बनाएर पभेलियन फर्किएका थिए ।

कुशल आउट भएपछि मोहम्मद आरिफ शेख र दीपेन्द्र सिंह एरीले पारीलाई सम्हाल्न खोजेपनि सफल हुन् सकेनन् । यी दुई समान २१ रन बनाएर आउट हुन् पुग्दा पुलिस थप दबाबमा आएको थियो । त्यसपछि कप्तान मन्जित श्रेष्ठ पनि ५ रन बनाएर आउट हुन् पुग्दा टिम झिनो योगफलमा रोकिन बाध्य भयो ।

बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा बागमतीका नन्दन यादव र तिलक भण्डारीले समान ४ विकेट हात पारे । भने राम नरेश गिरीले २ विकेट हात पारे ।

अब प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । जस अन्तर्गत टियुमा सुदूरपश्चिमले बागमतीसँग खेल्नेछ । भने मूलपानीमा गण्डकीले प्रदेश १ सँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्