onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुलिस १ सय ११ मै अलआउट

काठमाडौं ( अनलाइन खेल खबर ) । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप अन्तर्गत आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस २९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र १ सय ११ रनमा सिमित हुन् पुग्यो ।

टिमले उक्त योगफल खडा गर्ने क्रममा मध्यम सुरुवात गरेको थियो । ६.३ ओभरमा टिमको स्कोर ३२ रन हुँदा पुलिसले पहिलो विकेटका रुपमा सुनिल धमलालाई व्यक्तिगत १७ रनमा गुमाएको थियो ।

त्यसपछि पुलिसको विकेट पतन रोकिनन् । त्यस क्रममा अमित श्रेष्ठ ६ रन बनाएर आउट हुन् पुग्दा ओपनर ब्याट्सम्यान किशोर महतो पनि १७ रन बनाएर पभेलियन फर्किएका थिए ।

कुशल आउट भएपछि मोहम्मद आरिफ शेख र दीपेन्द्र सिंह एरीले पारीलाई सम्हाल्न खोजेपनि सफल हुन् सकेनन् । यी दुई समान २१ रन बनाएर आउट हुन् पुग्दा पुलिस थप दबाबमा आएको थियो । त्यसपछि कप्तान मन्जित श्रेष्ठ पनि ५ रन बनाएर आउट हुन् पुग्दा टिम झिनो योगफलमा रोकिन बाध्य भयो ।

बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा बागमतीका नन्दन यादव र तिलक भण्डारीले समान ४ विकेट हात पारे । भने राम नरेश गिरीले २ विकेट हात पारे ।

अब पुलिसले प्रस्तुत गरेको १ सय १२ रनको विजयी लक्ष्यलाई पछ्याउदै बागमतीले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्