onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बागमतीका खेलाडीलाई विषेश पुरस्कार ब्यबस्था : शतक हार्ने खेलाडीले १० हजार पाउँने

काठमाडौं (अनलाइन खेल खबर) । बागमती प्रादेशिक क्रिकेट संघले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो खेलाडीका लागि विषेश पुरस्कार ब्यबस्था गरेको छ ।

खेलाडीलाई थप हौसला प्रदान गर्न संघले प्रतियोगिताका दौरान शतक प्रहार गर्न खेलाडीलाई नगद १० हजार तथा अर्धशतक र पाँच विकेट लिने खेलाडीलाई नगद ५ हजार र तीन विकेट लिने खेलाडीले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै संघले खेलाडीको प्रतियोगिता अवधीभर ५ लाख बराबरको विमा र खेलाडीलाई दैनिक २ हजार भत्ता दिने समेत घोषणा गरेको छ ।

यता आजनै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेटको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याए बापत बागमती प्रदेशले प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा ५ वर्षका लागि मनोनीत गरेको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक कार्यक्रमका बीच उनलाई मनोनीत गरिएको घोषणा गरिएको थियो । उक्त समारोहमा बागमती क्रिकेट टोलीलाई विदाई समेत गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको बागमतीले प्रतियोगिताको सुरुवात आईतबार नेपाल पुलिसविरुद्ध खेल्दै गर्नेछ । खेल टियु क्रिकेट मैदानमा हुनेछ । यस्तै बागमतीले माघ ५ गते सुदूरपश्चिमको सामना गर्दा माघ ९ मा प्रदेश २ र माघ ११ मा लुम्बिनीसँग खेल्नेछ ।

बागमतीको टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान), पारस खड्का, ईशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, विभत्सु थापा, गौतम केसी, अरियो पौडेल, तिलकराज भण्डारी, बिपिन आचार्य र नन्दन यादव

प्रतिक्रिया दिनुहोस्