onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आशिफको अर्धशतकमा एपीएफबाट प्रदेश १ लाई बलियो लक्ष्य प्राप्त

काठमाडौं (अनलाइन खेल खबर ) । ओपनर ब्याट्सम्यान मोहम्मद आशिफ शेखले अर्ध शतकीय पारी खेलेपछि एपीएफले प्रदेश १ विरुद्ध २ सय ४४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४८.४ ओभरमा अलआउट हुँदै २ सय ४३ रन रन बनाएको छ ।
टिमले यो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यानद्वय सुवास खकुरेल र आशिफ शेखले ७१ रनको ओपनिङ साझेदारी गरेका थिए । त्यस क्रममा एपीएफले ८.५ ओभरमा पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको थियो ।

सोनु मण्डलको बलमा फिर्दोश अन्सारीको हातबाट क्याच आउट हुन् पुगेका उनले अर्धशतकीय पारी खेले । ३२ बलको सामना गरेका उनले ६ चौका र ५ छक्कासहित ५९ रन बनाएका थिए ।

त्यसपछि १५.५ ओभरमा टिमको स्कोर ९७ रन हुँदा टिमले सुवाशलाई गुमायो । दिपेश कडेलको बलमा क्याच आउट हुन् पुगेका उनले १९ रन बनाए ।

त्यसपछि एपीएफका लागि अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले २० रन तथा प्रदीप एरीले ७ रन र सुमित महर्जनले १४ रन बनाएका थिए । भने सन्दीप जोराले ३० तथा बसन्त रेग्मीले ४० रनको योगदान गरेका थिए ।

टिमको स्कोरलाई उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका बसन्तले ५२ बलको सामना गर्दै ४ चौका र २ छक्कासहित उक्त रन बनाएका थिए । यस्तै अन्त्यमा भुवन कार्कीले ७ रन र किशोर महतोले १९ रन थपेका थिए ।

बलिङतर्फ प्रदेश १ का लागि फिर्दोश अन्सारी ,दिपेश कडेल सरवन यादव र हेमन्त राईले समान २ विकेट हात पारेका थिए । भने सोनु मण्डलले पनि १ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्