onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कप आजबाट

काठमाडौं (अनलाइन खेल खबर ) । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आज शुक्रबार देखि काठमाडौंमा सुरु हुन् गईरहेको छ ।

प्रतियोगिताको पहिलो दिन आज उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने उक्त खेल अघि प्रतियोगिताको उद्घाटन नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले गर्नेछन् ।

प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै तीन विभागीय टोली नेपाल पुलिस , आर्मी र एपीएफले सहभागिता जनाउँदै छन् । र यी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।

जस अन्तर्गत समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेदा समूह ‘बी’ मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल खेलहरु १४ र १५ गते हुनेछ । भने फाइनल खेल १७ गते हुनेछ । यता समूह चरणका खेलहरु टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । जस अन्तर्गत सेमि र फाइनल खेल टियुमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्