onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुलिसको टोली सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर ) । शुक्रबार देखि काठमाडौंमा हुन् गईरहेको चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि विभागीय टोली नेपाल पुलिसले आफ्नो टोली घोषणा गरेको छ ।

साविकको विजेता समेत रहेको नेपाल पुलिसले नियमित कप्तान मन्जित श्रेष्ठको नेतृत्वमा बिहिबार टोलीको घोषणा गरेको छ ।

जस अन्तर्गत टोलीमा दीलिप नाथ , कुशल भुर्तेल, अनिल शाह , अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आरिफ शेख, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान, प्रेम तामाङ, पवन सरार्फ र योगेन्द्र कार्की रहेका छन् ।

मनोज कटवाल प्रशिक्षक र चित्र बहादुर विष्ट ब्यबस्थापक रहेको टोलीले आफ्नो प्रतियोगिताको पहिलो खेलमा आईतबार बागमती प्रदेशसँग खेल्नेछ ।

त्यसपछि समूह बी मा रहेको पुलिसले दोस्रो खेलमा माघ ७ गते सुदूरपश्चिमविरुद्ध खेल्नेछ । भने तेस्रो खेलमा लुम्बिनीसँग ८ गते खेल्नेछ । यी सबै खेलहरु टियुमा हुँदा १२ गते समूहको अन्तिम खेलमा पुलिसले मुलपानी क्रिकेट मैदानमा प्रदेश २ सँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्