onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेटर कुन्दनको सम्झनामा श्रद्धान्जली

काठमाडौं (अनलाइन खेल खबर ) । राष्ट्रिय क्रिकेट खेलाडी स्वर्गीय कुन्दन सिंह राजपुतको सम्झनामा महोत्तरी क्रिकेट संघले आईतबार राती श्रद्धान्जली सभा गरेको छ ।

महोत्तरी जलेश्वरका कुन्दनको आईतबार अस्पताल जाने तयारी गर्दै गर्दा आफ्नै निवासमा निधन भएको थियो ।

२३ वर्षिय कुन्दन एक वर्ष भन्दा बढीबाट मिर्गौलाको समस्याबाट पीडित रहेका थिए ।दुबै मिर्गौला फेल भई डाईलासिसको साहारामा रहेका उनले बिहान यस संसारबाट विदा लिएका थिए ।

कमजोर आर्थिक अवस्थामा रहेका कुन्दनले यसबीचमा उपचारार्थ स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट राम्रो साथ पाएका थिए ।

यसबीचमा राम्रो सहयोग रकम प्राप्त भईसकेपछि उनि मिर्गौला प्रत्यारोपण गर्ने सोचमा समेत रहेका थिए । त्यस क्रममा थुप्रै प्रयास पनि नभएका होइनन् । तर सम्भव भने हुन सकेन् ।

यता उनको निधनको खबरले अहिले परिवार , सुभचिन्तकसँगै पूरा क्रिकेट जगतनै सोकाकुल अवस्थामा रहेको छ । यसबीचमा उनको योगदानलाई सम्मान गर्दै महोत्तरी क्रिकेट संघले स्थानिय क्रिकेट मैदानमा दियो बालेर उनलाई सम्झेको थियो ।

जहाँ नेपाल क्रिकेट संघ (क्यान ) का कोषाध्यक्ष रोशन कुमार सिंह , महोत्तरी क्रिकेट संघका पदाधिकारी , स्थानिय सुभचिन्तक , खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

त्यसअघि कुन्दनको आजनै हिन्दु परम्पराअनुसार अन्तिम संस्कार पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्