onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विपिन खत्रीको कप्तानीमा गण्डकीको टोली घोषणा

काठमाडौं (अनलाइन खेल खबर ) । माघ २ गते देखि काठमाडौंमा हुन् गईरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले आफ्नो टोलीको घोषणा गरेको छ ।

गण्डकी प्रादेशिक क्रिकेट संघले आईतबार घोषणा गरेको १४ सदस्यीय टोलीको नेतृत्व विपिन खत्रीले गर्नेछन् । भने अशोक श्रेष्ठले उप- कप्तानीको जिम्मेवारी प्राप्त गरेका छन् ।

यस्तै टोलीमा दिपेश खत्री , चन्द्रकान्त पौडेल , अम्रित गुरुङ , राहुल उपाध्याय , दिपक डुम्रे , अभिषेक थापा , सुवास भण्डारी , समिर कडेल , अर्जुन कुमाल , विशाल पौडेल , विष्णु पाण्डे र दिनेश बुढा मगर रहेका छन् ।

वैकल्पिक खेलाडीको रुपमा मिलन लुईटेल , विज्ञान गौतम , सन्देश बस्नेत र कमल परिवार रहेका छन् ।

रिजन प्रजुको प्रशिक्षणमा रहेको टोलीको ब्यबस्थापकमा चन्द्र कुमार गुरुङ (जिमि) रहेका छन् ।

यता प्रतियोगिताको समूह ए मा रहेको गण्डकीले प्रतियोगिताको सुरुवात प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध खेल्दै गर्नेछ । खेल टियु मैदानमा हुनेछ । त्यसपछि दोस्रो खेलमा गण्डकीले माघ ५ गते प्रदेश १ को सामना गर्नेछ । भने माघ ६ गते कर्णालीसँग खेल्नेछ र समूहको अन्तिम खेलमा गण्डकीले एपीएफसँग ८ गते खेल्नेछ । यी सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्