onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

तुल बहादुर चम्किँदा दाङको सानदार सुरुवात

काठमाडौं (अनलाइन खेल खबर ) । माघ २ गतेदेखि काठमाडौंमा हुन् गईरहेको पुरुष प्रधानमन्त्री कप अन्तर्गत लुम्बिनी प्रादेशिक छ्नोट प्रतियोगितामा घरेलु टोली दाङले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा दाङले आईतबार बर्दियालाई ७६ रनले पराजित गरेको छ ।

खेलमा दाङले प्रस्तुत गरेको २ सय १० रनको विजयी लक्ष्य पछ्याएको बर्दिया २६.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३३ रनमा सिमित हुन् पुगेको थियो ।

बर्दियाका लागि यु-१६ राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका विशाल विक्रम केसीले सर्वाधिक ठूलो पारी खेले ।५२ बलको साममा गरेका उनले एलबिड्ब्लुको सिकार हुनुअघि २ चौकासहित २३ रन बनाए । यस्तै टोलीका लागि सुमित श्रेष्ठले १८ रन र नवीन बुढाथोकीले १४ रन बनाए ।

बलिङतर्फ दाङका तुल बहादुर थापा एक्लैले ५ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनले उत्कृष्ट बलिङ प्रदर्शन गर्ने क्रममा ८ ओभरमा १ ओभर मेडन ओभर राख्दै मात्र ३५ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै राजविर सिंहले २ तथा कमल ओलि र अमीत तामाङले पनि समान १ विकेट लिएका थिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली दाङले ४० ओभरमा ७ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाउने क्रममा मोहन खत्री र सन्देश पाण्डेले अर्धशतकीय पारी खेलेका थिए । जस अन्तर्गत खत्रीले ६२ बलमा ४ चौका र २ छ्क्कासहित ५२ रन बनाएका थिए । भने सन्देश पाण्डेले ६६ बलमा ५ चौकासहित ५१ रन जोडेका थिए ।

यी दुई बाहेक टिमका लागि कप्तान राजवीर सिंहले ३४ तथा सुजन पुनले २५ रन र विराट भण्डारीले १५ रन बनाएका थिए ।

बलिङतर्फ बर्दियाका वाकर अहमदले ३ तथा सुमित श्रेष्ठले २ तथा गोपाल जिसी र समीर आचार्यले समान १ विकेट लिएका थिए ।

छ्नोट प्रतियोगिता अन्तर्गत दाङसहित बाँके र बर्दिया समूह बी मा रहेको छ । समूहका सबै खेल दाङको लमहीमा हुनेछ । भने समूह ए को खेल रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा जारी रहेको छ । समूह ए मा घरेलु टोली रुपन्देहीसहित पाल्पा ,कपिलवस्तु र नवलपरासी रहेको छ ।

प्रतियोगिताको फाइनल खेल समूहका विजेताबीच माघ १ गते सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्