onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रहेनन् क्रिकेटर कुन्दन

काठमाडौं (अनलाइन खेल खबर ) । दुबै मिर्गौला फेल भई जिन्दगीसँग संघर्ष गरेका क्रिकेटर कुन्दन सिंह राजपुतको निधन भएको छ ।

महोत्तरी जलेश्वरका कुन्दनको निधन आईतबार बिहान करिब ८ बजेतिर आफ्नै निवासमा भएको छ । कमजोर आर्थिक अवस्थामा रहेका कुन्दनले यसबीचमा उपचारार्थ स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट राम्रो साथ पाएका थिए ।

सहयोगी मनहरुको राम्रो माया र साथ पाएका यिनै कुन्दन अहिले यो संसारबाट विदा भएका छन् । मिर्गौलाको समस्याबाट जुदै गर्दा उनि कोरोना भाइरस (कोभिड -१९ ) को सक्रमित समेत भएका थिए । र भाइरसलाई जितेका थिए ।

सहयोग रकम प्राप्त भईसकेपछि उनि मिर्गौला प्रत्यारोपण गर्ने सोचमा समेत रहेका थिए । त्यस क्रममा थुप्रै प्रयास पनि नभएका होइनन् । तर सम्भव भने हुन सकेन् ।

उनको निधनपछि अहिले प्रदेश २ क्रिकेट संघ , क्रिकेट पदाधिकारी,खेलाडी,उनलाई बचाउन लागिपरेका अभियन्ताहरु , परिवारजन,सुभचिन्तकलगायतले गहिरो दुख ब्यक्त गरेका छन् ।

मामा – माईजुसँग बस्दै आएका कुन्दनको अब हिन्दु परम्पराअनुसार उनको आईतबारनै अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्