सिपिएल मा सन्दिप को जादु यथावत : टिम भने पराजित

सिपिएल मा सन्दिप को जादु यथावत : टिम भने पराजित

साउन ३१ , अनलाईन खेलखबर || नेपाल का युवा खेलाडी सन्दिप लामीछाने को वेस्ट ईन्डिज मा जारी क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) मा धुवाधार बलिग को जादु यथावत रहेको छ ।

आज प्रतियोगिता को आठौ तथा टिम को तेस्रो खेल मा पनि उनले ४ ओवर गर्दै २१ रन खर्चिएर २ बिकेट हात पारेका छ्न । तर उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स खेल मा जमैका तालवाज् सगँ ४७ रनले पराजित हुन पुगेको छ ।

सबिना पार्क जमैका मा टस हारेर पहिले ब्याटिङ गरेको जमैका ले कर्नर लुईस को ४९ रन तथा गेन फिलिप्स को ४१ रनको मद्धत मा मात्र ४ बिकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

बलिग तर्फ सन्दिप ले २ बिकेट लिदा ब्राथवेट र कटिङ ले समान १/१ बिकेट लिएका थिए ।

१ सय ७९ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको सेन्ट किट्स निर्धारित २० ओवर मा ९ बिकेट गुमाएर मात्र १३१ रन मा सिमित हुन पुग्दा ३ खेल बाट २ मा हार ब्यहोर्न बाध्य भयो । सेन्ट किट्स का लागि कप्तान क्रिश गेल ले सर्बाधिक २४ रन को पारी खेल्दा महमुदुल्ला ले २२ रनको पारी खेलेपनी अन्य ब्याटसम्यान बाट उल्लेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *