onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्सलाई

काठमाडौं (अनलाइन खेल खबर ) । बाँकेको कोहलपुरमा भएको कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले उचालेको छ। 

शनिबार भएको फाइनल खेलमा बिबी वारियर्सले उपाधि उचाल्ने क्रममा आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्यो। 

खेलमा कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

वारियर्सको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रनको योगदान गरे । भने सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए।

बलिङतर्फ कोहलपुर एकेडेमीका रुपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए । 

त्यस अघि कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।

उसका लागि सन्दिप नेपालीले अविजित रहदै सर्वाधिक ३१ रनको योगदान गरे । भने शेर बहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए।

बलिङतर्फ बिबी वारियर्सका लागि बिशाल पौडेलले सर्वाधिक ३ विकेट तथा सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश विष्टले समान २ विकेट लिए। 

प्रतियोगिताको उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेतामा टोली कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। 

प्रतियोगिताको उत्कृष्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए । जसवाफत उनले १० हजार रुपैया पाए।

यस्तै प्रतियोगिताको उत्कृष्ट बलर आकाश विष्ट तथा उत्कृष्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए जसले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । 

शारदा एजुकेशन पार्कको आयोजनामा पुष २० गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलिहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्