onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा आयोजना हुने पुरुष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ ( क्यान ) ले जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता माघ २ गतेदेखि १७ गतेसम्म चल्नेछ ।

सात प्रादेशिक टोलीसँगै तीन विभागीय टोलीको सहभागिता रहने प्रतियोगितामा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसअन्तर्गत समूह ए मा त्रिभुवन आर्मी क्लब , एपीएफ , गण्डकी , प्रदेश १ र कर्णाली प्रदेश रहेको छ । भने समूह बी मा नेपाल पुलिस क्लब ,बागमती , लुम्बिनी , प्रदेश २ र सुदूरपश्चिम रहेको छ ।

समूह चरणका खेलहरु कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । भने सेमिफाइनल र फाइनल खेल टियुमा हुनेछ ।

यता प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्