onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आयोजक केसीए सहित न्यु दर्पण र बिबी वारियर्स सेमिफाइनलमा

काठमाडौं (अनलाइन खेल खबर ) । बाँकेको कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’मा आयोजक कोहलपुर क्रिकेट एकेडेमी ( केसीए ) , न्यु दर्पण युथ क्लब र बिबी वारियर्स सेमीफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिता अन्तर्गत बिहिबार भएको क्वाटरफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले च्याम्पियन्स स्पोर्ट्स क्लबलाई ३ रनले पराजित गर्दै सेमिफाइनल पुग्दा न्यु दर्पणले कारकाँदो क्रिकेट क्लब पराजित गरेको थियो । भने बिबी वारियर्सले युभीसीसी कोहलपुरलाई ६ विकेटले पराजित गरेको थियो ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वार्टरफाइनलमा न्यु दर्पण युथ क्लब युथ क्लबले कारकाँदो क्रिकेट क्लबलाई १४ रनले पराजित गर्यो।

न्यु दर्पणले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा कारकाँदोले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो।

कारकाँदोको लागि संगम कंडेलले सर्वाधिक ३४ रन तथा उत्कर्ष विश्वकर्माले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्यु दर्पणका बलर रेशम सिंह ठकुरी र दिप रानाले समान २ विकेट तथा सिमोन थापा, करन भण्डारी र प्रेम सुनारले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्यु दर्पणले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको थियो।

उसको लागि दिपक बिसीले ३७ तथा निर्मल बिसीले २५ रन बनाए। कारकाँदोको बलिङमा हुसेन अलिले २ विकेट तथा संगम कंडेल, कुशल न्यौपाने, नबिन गौतम र खगेन्द्र खनालले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच न्यु दर्पणका दिपक बिसी चुनिए।

दोश्रो क्वार्टरफाइनलमा आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीले च्याम्पियन्स स्पोर्ट्स क्लबलाई ३ रनले पराजित गर्यो।

कोहलपुरले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा च्याम्पियन्सले निर्धारित १५ ओभरमा ७ विकेट क्षेतिमा ९४ रन मात्र बनाउन सक्यो।

च्याम्पियन्सका ब्याट्सम्यान रोहन केसीले २८ बलमा ३ छक्का र २ चका मद्दतले सर्वाधिक ४४ रन बनाएता पनि टिमलाई जित दिलाउन पर्याप्त भएन।

राहुल शर्माले १५ तथा सुनिल खड्काले १० रन बनाए। कोहलपुर क्रिकेट एकेडेमीको बलिङमा रमेश सिंहले सर्वाधिक ३ विकेट तथा अजय शहानी र लभकुश यादवले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कोहलपुरले १४.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९७ रन बनाएको थियो।

उसको लागि सुजल केसीले सर्वाधिक ३१, रोशन शाहले २१ तथा सुरज दासले १२ रन योगदान दिए।

च्याम्पियन्सको बलिङमा सोम शर्मा र सुनिल खड्काले समान ३ विकेट लिए भने गोभिन्द बिस्टले २ तथा गौतम कनोजिया र राहुल शर्माले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडेमीका सुजल केसी चुनिएका थिए।

यस्तै प्रतियोगिताको तेश्रो क्वार्टरफाइनलमा बिबी वारियर्स नेपालगन्जले  युभीसीसी कोहलपुरलाई ६ विकेटले पराजित गर्यो।

युभीसीसीले दिएको ७८ रनको लक्ष्य बिबी वारियर्सले ८.४ ओभरमा ४ विकेट गुमाएर ८१ रन बनायो।

बिबी वारियर्सको लागि प्रनित थापाले अविजित २९ रन, शाहिद अन्सारीले २० तथा सिद्धान्त राज शाहीले १२ रन बनाएका थिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको युभीसीसी कोहलपुरले निर्धारित १५ ओभरमा ५ विकेट क्षेतीमा ७७ रन बनएको थियो।

उसका लागि कमल थापाले सर्वाधिक २३ रन तथा सुमन गुरुङ र आलोक चौधरीले समान १९ रन बनाए। बिबि वारियर्सको बलिङमा निजामुद्दिन हलवाई र आकाश विष्टले समान २ विकेट तथा सिद्धान्त राज शाहीले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सिद्धान्त राज शाही घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान चौथो क्वार्टरफाइनलमा बिबिसीसी किर्तिपुरले यस एक्स्पर्टको सामना गर्नेछ । भने सोही दिन पहिलो सेमिफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लबसँग खेल्नेछ । यस्तै दोश्रो सेमिफाइनलमा बिबी वारियर्सले चौथो क्वार्टरफाइनलको विजेता टोलिसँग प्रतिस्पर्धा गर्नेछ ।

शारदा एजुकेशन पार्कको आयोजना जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्