onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पीएम कप महिलाको फाइनल आज : एपीएफले प्रदेश १ को सामना गर्दै

दाङ ( अनलाइन खेल खबर ) ( अनलाइन खेल खबर ) । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज आईतबार उपाधिका लागि विभागीय टोली एपीएफले प्रदेश १ को सामना गर्दैछ ।

खेल बिहान ११ बजेपछि देउखुरी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा दुवै टोली अपराजित रहेका छन् । समूह ए को विजेताको हैसियतबाट सेमिफाइनल पुगेको एपीएफले सेमिफाइनलमा सुदूर पश्चिमलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यसअघि समूह चरणको पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई २ सय ४ रनले पराजित गरेको थियो । दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले र समूहको अन्तिम खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो ।

यस्तै प्रदेश १ को पनि लय देखिन्छ । समूह बी को विजेता हुँदै सेमिफाइनल पुगेको प्रदेश १ ले फाइनल पुग्ने क्रममा सेमिफाइनलमा घरेलु टोली लुम्बिनीलाई १० विकेटले निराश बनाएको थियो । त्यसअघि प्रदेश १ ले समूह चरण अन्तर्गत पहिलो खेलमा बागमतीलाई ४६ रनले , दोस्रो खेलमा सुदूर पश्चिमललाई ५ विकेटले र समूहको अन्तिम खेलमा गण्डकी प्रदेशलाई १ सय ४० रनले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रदर्शनका हिसाबले यी दुई टोलीलाई नियाल्दा फाइनल खेल अझ प्रतिष्पर्दा हुने सम्भावना रहेको छ । यसपटक घरेलु क्रिकेटमा एपीएफको एकछत्र राजलाई तोड्ने असवर प्रदेश १ लाई रहेको छ । पछिल्लो समय उप – विजेतामा सिमित भईरहेको प्रदेश १ यसपटक उपाधि उचाल्ने दाउमा रहेको छ भने एपीएफ पनि त्यो दबदबालाई निरन्तरता दिन् चाहन्छ ।

यता ७ प्रादेशिक टोली र विभागीय टोली एपीएफ सहभागिता रहेको प्रतियोगिताको प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप -विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार , उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्