
सयौ फ्यान हरु को उपस्थिति मा कप्तान पारस एक्सपर्ट को ब्रान्ड एम्बास्डर नियुक्त : भन्छन् अबको लक्ष्य विश्वकप र टेस्ट खेल्ने
साउन २९ , अनलाईन खेलखबर । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले ब्राण्ड एम्बास्डर का रुपमा नेपाली क्रीकेट टोलि का कप्तान पारस खडका लाई नियुक्त गरेको छ ।
आज राजधानि स्थित दरबारमार्ग मा रहेको होटेल अन्नपूर्ण मा एक कार्यक्रम आयोजना गरि एक्सपर्ट ले पारस लाई ब्रान्ड एम्बास्डर मा नियुक्त गरिएको हो ।
करिब ३ बर्ष सम्म का लागि सम्झौता पत्र मा हस्ताक्षर गर्दै अब उनि एक्सपर्ट को सद्भावना दूत को रुपमा पनि रहेने छ्न ।।
‘लेट्स प्रमोट नेपाली क्रिकेट टुगेदर’ को नारा सहित नेपाली क्रिकेटको विकासमा अघि बढ्दै आएको एक्सपर्टले कप्तान पारस सहित भखरै अन्तर्राष्ट्रिय क्रीकेट बाट सन्यास लिएका शक्ति गौचन लाई पनि नगद १ लाख ५० हजार सहित सम्मान गरेको थियो । उक्त रकम शक्ति को क्रीकेट एकेडमी का लागि जानेछ ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेटका सिईओ सञ्जिव शर्मा र कप्तान खड्कावीच सम्झौता पत्रमा हस्ताक्षर भएको भएता पनि पारस लाई कति मा सम्झौता मा हस्ताक्षर गरियो त्यो भने एक्सपर्ट ले खुलाउँन चाहेन ।
नगद सहित सम्मानित भए पछि शक्ति ले एकेडेमी स्थापना गरेपछि ९ वर्ष को अन्तराल मा २–३ वटा कम्पनीमा गएर फाईल पनि दिएको तर कुनै जवाफ नआएको उनले उल्लेख गरे तर उत्कृष्ट क्रिकेटर उत्पादन गर्ने लक्ष्य लाई साथ दिनुभएकोमा एक्सपर्ट परिवार प्रति सुखी व्यक्त गर्दै आभार ब्यक्त गरेका थिए ।
यता कार्यक्रममा बोल्दै कप्तान खड्काले एक्सपर्टको यो साथले सबै खेलाडीलाई अझ राम्रो प्रदर्शन गर्नका लागि प्रेरणा मिल्ने प्रतिक्रिया दिए । साथै अहिले को क्रीकेट को सफलता मा क्रीकेट समर्थक को माया नै यहाँ सम्म आईपुगेको उनले धारणा राखे यस्तै पत्रकारको भूमिका पनि महत्त्वपूर्ण रहेको र त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु,’ कप्तान खड्काको भनाई रहेको थियो ।
कार्यक्रम मा आफ्ना कुरा राख्ने क्रम मा निकै खुशी देखिएका पारस ले अब नेपालको लक्ष्य विश्वकप र टेस्ट खेल्नु नै रहेको बताए ।
हस्ताक्षर कार्यक्रम मा नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) का करिव डेढ सय फ्यान हरुको पनि उपस्थिति रहेको थियो जहाँ पारस खड्का ले कुराकानी गरेका थिए । फ्यान हरु को प्रश्न मा उनले आफ्नो भनाई हरु राखेका थिए ।
यता एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज ले यस बर्ष देखि खेलकुद मा अहोरात्र खटने पत्रकार लाई नगद ५० हजार राषी सहित सम्मान गर्ने पनि कार्यक्रम का बिच मा घोषणा गरेको छ ।
भिडियो मा हेर्नुहोस – उक्त कार्यक्रम