onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अस्मिनाको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा

दाङ (अनलाइन खेल खबर ) । दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले आफ्नो टोलीको घोषणा गरेको छ ।

आईतबार बागमती क्रिकेट संघले घोषणा गरेको १४ सदस्यीय टोलीको नेतृत्व अस्मिना कर्मचार्यले गर्नेछिन् ।

यस्तै टोलीमा सुमन खतिवडा उप – कप्तान रहदा कन्चन श्रेष्ठ ,आरती बिडारी,अस्मिता खरेल ,हेलिसा गुरुङ,निशा तामाङ , सुजिता थापा ,अनिशा मजाकोटी,रबिना विशुङ्खे, खुशी डंगोल ,विन्दा राटोल,कृष्मा गुरुङ र केनुका बस्नेत रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीको रुपमा एस्टर गुरुङ, सन्जिता भट्टराई ,एन्नि पोखरेल र निकिता एमडा रहेकी छिन् ।

टिमको ब्यबस्थापकमा रुपा राजोपाध्याय र प्रशिक्षक सामसुङ जंग थापा रहेका छन् । समूह बी मा रहेको बागमतीले प्रतियोगिताको सुरुवात प्रदेश १ विरुद्ध खेल्दै गर्नेछ । खेल मंगलबार दिउँसो १ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्