सागर र आशिफ को टिम क्वालालम्पुर बन्यो  मलेसियन प्रिमियर लिगको च्याम्पियन : सागर प्रतियोगिता कै उत्कृष्ट ब्याट्सम्यान घोषित

सागर र आशिफ को टिम क्वालालम्पुर बन्यो मलेसियन प्रिमियर लिगको च्याम्पियन : सागर प्रतियोगिता कै उत्कृष्ट ब्याट्सम्यान घोषित

साउन २७ , अनलाईन खेलखबर || फाईनल मा युनिर्भसिटी किवानसान मलेसिया लाई ७ बिकेट ले पराजित गर्दै मलेसियन प्रिमियर लिग क्रिकेटको उपाधि क्वालालम्पुरले उचालेको छ ।

प्रतियोगिता को फाईनल खेल मा युनिर्भसिटी ले क्वालालम्पुर सामु मात्र १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निकै सामान्य लक्ष्य पाएको क्वालालम्पुरले २५.३ ओभरमा मात्र ३ बिकेट गुमाएर भेटायो । क्वालालम्पुर लाई च्याम्पियन बनाउन अहमद फहिजले नट आउट ४५ रन जोडेका थिए । यस्तै नेपालका ब्याट्सम्यान आशिफ शेखले नट आउट ३३ रन जोडदा अर्का नेपाली ब्याट्सम्यान सागर पुन भने १० रन जोडदै टिमलाई च्याम्पियन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युनिर्भसिटी क्लब २६ ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो ।जसका लागि सर्बाधिक इमामुयल मुस्तकिमले २८ रन जोडेका थिए ।

बलिग तर्फ क्वाललम्पुरका नेभिल लेङ्गेले सर्वाधिक ४ विकेट लिन सफल भए ।

यता प्रतियोगिता को च्याम्पियन बनेको क्वालालम्पुरले ९ हजार रिंगेट प्राप्त गर्न सफल भयो साथै उपविजेता युनिर्भसिटीले ४ हजार रिंगेट प्राप्त गर्न सफल भयो ।

यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याटसम्यान नेपाल का सागर पुन घोषित भए । उनले प्रतियोगिता अवधि भर ४५२ रन बनाउँदा ९ विकेट पनि हासिल गरेका थिए । उत्कृष्ट ब्याट्सम्यान घोषित भएका सागर ले ७ सय रिंगेट प्राप्त गर्न सफल भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *