महिला प्रधानमन्त्री कप आजबाट
दाङ (अनलाइन खेल खबर ) । दाङको लमहीमा आज देखि महिला प्रधानमन्त्री कप राष्ट्रिय टि- ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुन् गईरहेको छ ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्दा दिनको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ ।
त्यसअघि बिहान उद्घाटन कार्यक्रम हुनेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघ ( क्यान ) का पदाधिकारी , अतिथि, खेलाडी र खेल सुभचिन्तकहरुको सहभागिता रहने छ ।
प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
जस अन्तर्गत समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ ।
यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ । भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप -विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार,उत्कृष्ट बलरले ५ हजार र हरेक खेलका प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्नेछन् ।