onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साविक विजेता एपीएफको टोली घोषणा

दाङ (अनलाइन खेल खबर ) । दाङ लमहीमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपका लागि साविकको विजेता विभागीय टोली एपीएफले आफ्नो टोलीको घोषणा गरेको छ ।

यसपटक पनि उपाधिको प्रमुख दाबेदार टोलीको रुपमा हेरिएको एपीएफको कप्तानी राष्ट्रिय टोलीकी उप-कप्तान समेत रहेकी सीता राना मगरले गर्ने छिन् ।

यस्तै टोलीमा बिनु बुढामगर, ज्योती पान्डे, सुष्मा श्रेष्ठ, प्यारी चौधरी, सुमन बिष्ट, ममता चौधरी,सरिता मगर, ईन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का,रेखा रावल,खिना कुमारी थापा, ईश्वरी विष्ट र राजमति ऐर रहेका छन् ।

यस्तै टोलीको ब्यवस्थापकमा रबिना राई प्रशिक्षकमा राजेश श्रेष्ठ र मेडिकलमा सन्जु लामा रहेका छन् ।

समूह `ए´मा रहेको एपीएफले प्रतियोगिताको सुरुवात शनिबार कर्णाली प्रदेशसँग खेल्दै गर्नेछ । खेल दिउँसो १ बजेपछि सुरु हुनेछ । त्यसपछि आईतबार दोस्रो खेलमा प्रदेश २ सँग र समूहको अन्तिम खेलमा सोमबार लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्