onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गेल र कुशल एकै टोलीमा

एजेन्सी । संयुक्त अरव इमिरेट्स (यूएइ) हुने आगमी संस्करणको टि टेन लिगको ड्राफ्ट बुधबार सम्पन्न भएको छ । जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी टि-टेनमा अनुबन्ध भएका छन् ।

बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् । सोमपाल मराठा अरेवियन्स, कुशल मल्ल, टिम आबूधाबी र करण केसी पुणे डेभिल्समा अनुबन्ध भएका छन् ।

वेस्टइन्डिका आक्रामक ब्याट्सम्यान क्रिस गेल र नेपाली युवा स्टार कुशल मल्ल एकै टोलीमा छन् । कुशल र गेल दुबै बायाँ हाते खेलाडी हुन् । दुबैले स्पिन बलिङ गर्ने गर्दछन् । दुबै ब्याट्सम्यान आक्रामक ब्याटिङ र ठूला सटका लागि परिचित छन् ।

टि-२० क्रिकेटका राजा मानिने गेलबाट कुशलले ड्रेसिङ रुममा धेरै कुरा सिक्ने छन् । टिम आबूधाबीमा गेलसँगै इंग्ल्यान्डका एलेक्स हेल्स पनि छन् । जसले गर्दा कुशल र गेलले ओपनिङ गर्ने सम्भावना भने कम रहन्छ । टि टेन आगमी जनवरी २८ देखि ६ फेब्रुअरीसम्म चल्ने छ । बुधबार सम्पन्न ड्राफ्टसँगै टि-टेनका पूर्ण टोली यस प्रकार छन् ।

टिम आबूधाबी : क्रिस गेल, क्रिस मोरिस, लुकी राइट, नविन उल हक, अविष्र्का फ्रनान्डो, उस्मान सिनवारी, ओविड म्याककोय, हेडन वाल्स, नजिबउल्लाह जद्रान, बेन कक्स, रोहन मुस्तफा, कात्तिक मिलेपान, लियोनार्दो जुलेन, कुशल मल्ल र एलेक्स हेल्स ।

प्रतिक्रिया दिनुहोस्