onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विन्दु रावलको कप्तानीमा सुदुर पश्चिमको टोली घोषणा

काठमाडौं (अनलाइन खेल खबर) । शनिबार देखि दाङको लमहीमा अवस्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपका लागि सुदुर पश्चिम प्रदेशले आफ्नो टोलीको घोषणा गरेको छ ।

बिहिबार सुदुर पश्चिम क्रिकेट संघले विन्दु रावलको कप्तानीमा घोषणा गरेको १४ सदस्यीय टोलीमा रुवी पोदारलाई उप –कप्तानीको जिम्बेवारी दिईएको छ।

यस्तै टोलीमा रितु कनोजिया,कविता जोशी,मन्जु बोगटी , डली भट्ट,लक्ष्मी साउद,रेवती धामी,सम्झना खड्का,कबिता कुवँर,दिव्या कार्की,सुनिता लुहार,दिपा जोरा र स्नेहा महरा रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीको रुपमा मनिषा चौधरी,सोभा रोकाया ,सुधा धामी र पवित्रा धामी रहेका छन् भने जानकी भट्ट को प्रशिक्षणमा रहेको टोलीको ब्यबस्थापकमा दिनेश सिंह रहेका छन् ।

यता समूह बीमा रहेको सुदुर पश्चिमले प्रतियोगिताको सुरुवात गण्डकी प्रदेशविरुद्व खेल्दै गर्नेछ । खेल पुस १४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्