onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लक्ष्मीको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं (अनलाइन खेल खबर) शनिबार देखि दाङको लमहीमा अवस्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेशले आफ्नो टोलीको घोषणा गरेको छ ।

बिहिबार घोषणा भएको १४ सदस्यीय टोलीको नेतृत्व लक्ष्मी रिमालले गर्नेछिन् भने उप –कप्तानको जिम्बेवारी अंशु शाक्यले प्राप्त गरेकी छिन् ।

यस्तै टोलीमा स्वेता थापा,दिक्षा पुरी,लक्ष्मी पुरी,दिपा राना ,त्रिसना विस्वकर्मा,आयुशा टण्डन,निशा पराजुली,विना गाहा मगर,अन्जिला थापा क्षेत्री,मोनिका राना,सुजाता बोगटी र अन्जु गुरुङ रहेका छन् ।

यता वैकल्पिक खेलाडीको रुपमा शर्मिला ज्ञवाली र खिना केसी रहेका छन् भने रोशन शाही को प्रशिक्षणमा रहेको टोलीको ब्यबस्थापकमा भुवन कोईराला रहेका छन् ।

समूह ए मा रहेको कर्णालीले प्रतियोगिताको सुरुवात विभागीय टोली एपीएफविरुद्व खेल्दै गर्नेछ । खेल शनिबार दिउँसो १ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्