onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मोरङ च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । पुरुष प्रधानमन्त्री कप अन्तर्गत झापामा भएको प्रदेश १ को छनोट प्रतियोगिताको उपाधि मोरङले उचालेको छ ।

बिहिबार भएको प्रतियोगिताको फाइनल खेलमा सुनसरीलाई १ सय ६३ रनले पराजित गर्दै मोरङले उपाधि उचालेको हो ।

झापास्थित कन्काई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो ।

उसका लागि रवि रोयले सर्वाधिक ठूलो पारी खेले । ९४ बलको सामना गरेका उनले १० चौका र ३ छक्का सहित ९३ रनको योगदान दिए । यस्तै टोलीका लागि मुकुन्द यादवले पनि उत्कृष्ट ब्याटिङ गरे । ५३ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का सहित ८० रन बनाए ।

यी दुई बाहेक दीपक पासवान १६ र कप्तान सिद्धान्त लोहनी २३ रनको योगदान दिए ।

बलिङतर्फ सुनसरीका भुपाल लुइटेलले २ तथा जोशक खड्का, विकल्प आचार्य र सरोज बस्नेतले १–१ विकेट लिए ।

त्यसपछि २ सय ९५ रनको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सुनसरी ३५.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३१ रनमा सिमित हुन् पुग्यो ।

सुनसरीका लागि सरोज बस्नेतले ३६ र राकेश सोनीले ३९ रनको योगदान दिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

बलिङतर्फ मोरङका दीपेश कंडेलले सर्वाधिक ४ विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्