onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सोमपाल पछि कुशल र करण पनि टि -१० मा छ्नोट

एजेन्सी । युएईमा हुने विश्वको सबैभन्दा छोटो ढाँचाको क्रिकेट प्रतियोगिता टि-१० मा सोमपाल कामी पछि नेपालका युवा खेलाडी कुशल मल्ल र करण केसी पनि छ्नोट भएका छन् ।

आक्रमक ब्याट्सम्यानको छबि बनाएका कुशललाई पारस खड्का मेन्टर रहेको टिम आबुधाबीले ड्राफ्टमार्फत टिममा भित्राएको छ । भने करणलाई पुने डेभिल्सले भित्राएको छ ।

कुशल , करण अघि अर्का नेपालका अलराउण्डर सोमपाल कामीलाई मराठा अरबियन्सले अनुबन्धित गरेको थियो ।

यो सँगै यस संस्करणमा नेपालबाट प्रतिनिधित्व गर्ने तीन खेलाडी पक्का समेत भएको छ । यी तिनै जना पहिलो पटक अनुबन्धित भएका हुन् ।

यता समग्रमा आईपुग्दा टि -१० मा नेपालबाट छ्नोट हुने कुशल चौथो र करण पाँचौ खेलाडीसमेत बनेका छन् । सन्दीपबाट सुरु भएको यात्रामा यसअघि पारस खड्का पनि खेलेका थिए ।

यस संस्करणको टि -१० २८ जनवरी देखि फेब्रुवरी ६ सम्म आयोजना हुदैछ । जसमा कुल ८ टिमको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्