onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सोमपाल टि -१० मा छ्नोट

एजेन्सी । युएईमा हुने विश्वकै सबैभन्दा छोटो ढाँचाको क्रिकेट प्रतियोगिता टि – १० लिगमा नेपालका अलराउण्डर सोमपाल कामी छनोट भएका छन् ।

प्रतियोगिताको खेलाडी छ्नोट प्रक्रिया अन्तर्गत बुधबार उनलाई ड्राफ्टमार्फत मराठा अरबियन्सले टिममा भित्राएको छ ।

यो सँगै सोमपाल टि-१० मा पुग्ने तेस्रो नेपाली खेलाडी समेत बनेका छन् । यसअघि नेपालबाट युवा खेलाडी सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्काले टि – १० मा खेलिसकेका छन् ।

चौथों संस्करणसम्म आईपुग्दा नेपालबाट सोमपाल , सन्दीपसँगै अन्य केही खेलाडीहरुको पनि ड्राफ्टमा नामावली रहेको बुझिएको छ । अन्य खेलाडीको भने हेर्न बाँकी रहेको छ ।

यता यस संस्करणको टि -१० २८ जनवरी देखि फेब्रुवरी ६ सम्म आयोजना हुदैछ । जसमा कुल ८ टिमको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्