onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सरस्वतीको कप्तानीमा प्रदेश २ को टोली घोषणा

काठमाडौं (अनलाइन खेल खबर ) । आउँदो शनिबार देखि दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपका लागि प्रदेश २ ले आफ्नो टोलीको घोषणा गरेको छ ।

प्रदेश २ क्रिकेट संघले बुधबार घोषणा गरेको १४ सदस्यीय टोलीको नेतृत्व सरस्वती चौधरीले गर्नेछिन् ।

यस्तै टोलीको उप – कप्तानीको जिम्मेवारी सोभा आलेले प्राप्त गर्दा टिममा उर्मिला चौधरी,सन्तोषी चौधरी,आरती चौधरी , कबिता गौतम,अनुराधा चौधरी,विमला मगर,रोजी कडारी , गोमा आले,मेलिना रायमाझी,सना प्रविन,नितु चौधरी र चादँनी अधिकारी रहेका छन् ।

भने वैकल्पिक खेलाडीको रुपमा दुर्गा कार्की,मान्सी चौवान ,प्रतिमा सा र रचना अर्याल रहेका छन् । यस्तै सुनिल शाको प्रशिक्षणमा रहेको टोली ब्यबस्थापक अनिल शर्मा रहेका छन् ।

प्रदेश २ प्रतियोगिताको समूह ए मा रहेको छ । जसमा विभागीय टोली एपीएफ,लुम्बिनी र कर्णाली रहेको छ । जस अन्तर्गत प्रदेश २ ले प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीको सामना गर्नेछ ।

यस्तै अर्को समूहमा सुदुर पश्चिम ,बाग्मती,गण्डकी र प्रदेश १ रहेका छन् । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल खेल पुस १९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्