रुविनाको कप्तानीमा प्रदेश १ को प्रारम्भिक टोली घोषणा
काठमाडौ (अनलाइन खेल खबर )। पुस ११ गते देखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपका लागि प्रदेश १ ले आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
प्रदेश १ क्रिकेट संघले बुधबार घोषणा गरेको १९ सदस्यीय प्रारम्भिक टोलीको नेतृत्व नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान समेत रहेकी रुविना क्षेत्रीले गर्नेछिन् ।
रुविनासँगै टोलीमा काजल श्रेष्ठ,अप्सरी बेगम,रोमा थापा, संगिता राई,सवनम राई,ज्योती दनवार,नंग्मा तामाङ,निशा शाह ,लकिता राजबम्शि ,अलिशा खडिया,स्मृति कटबाल,संगम तामाङ र जमुना कार्की रहेका छन् ।
यी १४ बाहेक टोलीले पायल मगर,टीका शाह,सलिना तामाङ,अनुशा जैसवाल र भिमा कुवर रहेका छन् ।
अब प्रदेश १ ले यी खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्नेछ र बन्द प्रशिक्षणको प्रदर्शनलाई हेरेर टिमको अन्तिम घोषणा हुनेछ । यसअघि लुम्बिनी र गण्डकीले पनि आफ्नो टोलीको घोषणा गरिसकेको छ ।
प्रतियोगितामा एक विभागीय टोली एपीएफ र ७ प्रादेशिक टोलीको सहभागिता रहने छ ।