onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कास्कीको लगातार दोस्रो जित

काठमाडौं (अनलाइन खेल खबर ) । पोखरामा जारी पुरुष प्रधानमन्त्री कप अन्तर्गतको गण्डकी प्रादेशिक छ्नोट प्रतियोगितामा कास्कीले लगातार दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा कास्कीले मंगलबार तनहुँलाई ३१ रनले पराजित गर्यो । यसअघि कास्कीले पहिलो खेलमा स्याङ्जालाई ७ विकेटले पराजित गरेको थियो ।

कास्कीसँग पराजित हुन् पुगेको तनहुँको यो दोस्रो हार हो । तनहुँले पहिलो खेलमा स्याङ्जालाई ११ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नवलपुरसँग ३७ रनले पराजित हुन् पुगेको थियो ।

यता खेलमा कास्कीले दिएको १ सय ५५ रनको लक्ष्यलाई पछ्याएको तनहुँ ३९ ओभरमा अलआउट हुँदै १ सय २३ रनमा सिमित हुन् पुग्यो ।

तनहुँका लागि ओपनर ब्याट्सम्यान समिर कडेलले सर्वाधिक ४१ रनको योगदान गरे ।

बलिङमा कास्कीका लागि दिपेश खत्रीले ४ तथा सुवाश भण्डारीले ३ विकेट हात पार्दा देव खत्रीले २ र विपिन खत्रीले १ विकेट लिएका थिए ।

त्यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले ४७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

कास्कीका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले सर्वाधिक ४३ रनको योगदान गरे । ९७ बलको सामना गरेका उनले ३ चौकासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि अभिषेक थापाले पनि ३५ रन बनाए । ४६ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ४ चौका र १ छ्क्का समेत प्रहार गरे ।

यी दुई बाहेक कास्कीका अम्रित गुरुङले २० रन र सुवाश भण्डारीले १९ रन जोड्का थिए ।

बलिङतर्फ तनहुँका दिनेश जंगले ३ तथा राजु गुरुङले २ विकेट हात पार्दा चन्द्रकान्त पौडेल , करुण , प्रवेश खड्का र सचिन अधिकारीले पनि १/१ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत बुधबार कास्कीले नवलपुरको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्