onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

झापालाई हराउँदै सुनसरी फाइनलमा

काठमाडौं (अनलाइन खेल खबर ) । पुरुष प्रधानमन्त्री कप अन्तर्गत प्रदेश १ को प्रादेशिक छ्नोटमा झापालाई हराउँदै सुनसरी फाइनल पुगेको छ ।

मंगलबार भएको खेलमा झापालाई ६२ रनले पराजित गर्दै सुनसरी छ्नोट प्रतियोगिताको फाइनल पुगेको हो । अब उपाधिका लागि सुनसरीले मोरङको सामना गर्नेछ ।

यता खेलमा सुनसरीले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी लक्ष्यलाई पछ्याएको झापा १९.४ ओभरमा अलआउट हुँदै मात्र १ सय ३ रनमा सिमित हुन् पुगेपछि सुनसरीलाई सहज जित हासिल गर्न प्रयाप्त बन्यो ।

सम्मानजनक योगफललाई पछ्याएको भएपनि झापाले सोचे अनुरुप प्रदर्शन गर्न सकेन । त्यसको फलस्वरुप समीर कार्कीले २५ रन तथा अंकित सुवेदीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

झापाको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुनसरीका बलर जोशक खड्का र सोनु मण्डलले समान ३/३ विकेट लिए भने सरोज बस्नेतले २ तथा विकल्प आचार्य र भुपाल लुईटेलले १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

सुनसरीका लागि राकेश सोनीले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ३७ बलको सामना गर्दै ४ चौका र १ छ्क्कासहित ३३ रन बनाए । यस्तै जोशक खड्काले २४ रन , प्रशान्त थापाले २३ रन र गौरव कटवालले १९ रन बनाएका थिए ।

बलिङतर्फ झापाका मनोज तामाङले सर्वाधिक ५ विकेट लिए । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले ४ ओभर मेडन राख्दै मात्र १७ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै अंकित सुवेदीले ३ तथा कमाल खान १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्