onlinekhelkhabar.com

Complete website for Nepali Sports News

महिला प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि दाङको लमहीमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

सोमबार नेपाल क्रिकेट संघ ( क्यान ) ले सार्वजनिक गरेको खेल तालिका अनुसार ७ प्रादेशिक टोली र एक विभागीय टोली एपीएफको सहभागिता रहने छ ।

जस अनुसार यी ८ टोलीलाई दुई समूहमा विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको छ । जसमा समूह ए मा एपीएफ , प्रदेश २ , कर्णाली र लुम्बिनी रहेका छन् भने समूह बी मा सुदुर पश्चिम , बाग्मती , गण्डकी र प्रदेश १ रहेका छन् ।

खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्नेछ । खेल विहान ९ बजेपछि सुरु हुनेछ । त्यसपछि दिनको दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ ।

यसरी समूह चरण र सेमिफाइनलमा दिनमा दुई खेल हुने छ । टि – ट्वान्टी ढाँचामा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । १७ गते हुने सेमिफाइनलमा समूह ए को विजेताले समूह बीको विजेतासँग खेल्नेछ भने अर्को सेमिफाइनल खेलमा समूह बीको विजेताले समूह ए को उप – विजेतासँग खेल्नेछ । र प्रतियोगिताको फाइनल खेल भने १९ गते हुनेछ ।