onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शिला क्षेत्रीको कप्तानीमा गण्डकी प्रादेशिक टोलीको घोषणा

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि दाङको लमहीमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपका लागि गण्डकी प्रदेशले आफ्नो टोली घोषणा गरेको छ ।

सोमबार गण्डकी प्रदेश क्रिकेट संघले घोषणा गरेको १४ सदस्यीय टोलीको नेतृत्व शिला रेग्मी क्षेत्री गर्नेछिन् । जसमा सिमाना केसीलाई उप – कप्तानको जिम्मेवारी दिदा टिममा अलिशा लामिछाने ,सृष्टि पौडेल ,सृजना पौडेल,ज्योत्सनिका मरासिनी , सोनिका थापा रहेका छन् ।

यस्तै टिममा पुर्णता शाही,प्रमिला बानिया,गंगा लुएली,कुसुम गोदार,अन्जली विश्वकर्मा,अम्रिता वाग्ले र विन्दु थापा मगर रहेका छन् ।

यसका साथै वैकल्पिक खेलाडीको रुपमा सारिका गुरुङ , प्रतिमा बानियाँ,प्रतीक्षा सुवेदी र निश्मा गुरुङ रहेका छन् । यस्तै टोलीलाई गोविन्द प्रधानले प्रशिक्षण गराउने छन् भने टिमको ब्यबस्थापक अर्जुन कुमार थापाले हेर्नेछ्न ।

प्रतियोगितामा ७ प्रादेशिक टोली र एक विभागिय टोली एपीएफले सहभागी जनाउँदै छ । यसअघि नेरी थापाको कप्तानीमा लुम्बिनी प्रदेशले पनि आफ्नो टोलीको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्