onlinekhelkhabar.com

Complete website for Nepali Sports News

उदयपुरमाथि झापाको सानदार जित : अर्को खेलमा मोरङ विजयी

काठमाडौं (अनलाइन खेल खबर ) । पुरुष प्रधानमन्त्री कप अन्तर्गत झापामा जारी प्रदेश १ को प्रादेशिक छ्नोट प्रतियोगितामा झापाले उदयपुरमाथि सानदार जित हासिल गरेको छ ।

आईतबार भएको खेलमा झापाले उदयपुरमाथि ७ विकेटले जित आत्मसाथ गर्यो । उदयपुरबाट मात्र ६७ रनको विजयी चुनौती प्राप्त गरेको झापाले उक्त चुनौतीलाई ७.२ ओभरमा पूरा गरेको थियो ।

टिमलाई सानदार जित दिलाउने क्रममा झापाका लागि अंकित सुवेदीले २९ तथा मित्याले १२ रन र ओपनर ब्याट्सम्यान सुजन थपलियाले ५ रन बनाएका थिए ।

बलिङमा उदयपुरका लागि विधान गोस्वामीले २ विकेट हात पारेका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको उदयपुरले निकै खराब ब्याटिङ गर्दै १५.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ६६ रन बनाएको थियो ।

उदयपुरका लागि ओपनर ब्याट्सम्यान विधान गोस्वामीले सर्वाधिक ४१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

उदयपुरको ब्याटिङ ध्वस्त पार्ने क्रममा झापाका मनोज तामाङ एक्लैले ५ विकेट लिए भने कमल खत्रीले ३ तथा ज्ञानेन्द्र श्रेष्ठले २ विकेट लिएका थिए ।

यस्तै आईतबारनै भएको अर्को खेलमा मोरङले इलाममाथि १० विकेटले जित हासिल गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको इलाम १७ ओभरमा अलआउट हुँदै ६६ रनमा सिमित हुन् पुगेको थियो ।

इलामका लागि दिपक पसवानले ४४ तथा लभ कमतले १६ रन बनाएका थिए । त्यसपछि जवाफी ब्याटिङ गरेको मोरङले त्यसलाई विना विकेटको क्षतिमा पूरा गरेको थियो ।