तनहुँमाथि नवलपुरको सहज जित
काठमाडौं (अनलाइन खेल खबर ) । पोखरामा जारी पुरुष प्रधानमन्त्री कप अन्तर्गत गण्डकी प्रादेशिक छ्नोटमा नवलपुरले तनहुँलाई पराजित गरेको छ ।
आईतबार भएको प्रतियोगिताको तेस्रो खेलमा नवलपुरले जित हासिल गर्न क्रममा तनहुँलाई ३७ रनले पराजित गरेको छ ।
खेलमा नवलपुरले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्यलाई पछ्याएको तनहुँ ४६ ओभरमा अलआउट हुँदै १ सय ३१ रनमा सिमित हुन् पुग्दा नवलपुरलाई सहज जित हासिल गर्न प्रयाप्त बन्यो ।
तनहुँका लागि ओपनर ब्याट्सम्यान समीर कडेलले अर्धशतकीय पारी खेले । ९३ बलको सामना गरेका उनले ८ चौका र १ छ्क्कासहित ६७ रन बनाए ।
यी बाहेक प्रवेश खड्काले १७ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न असफल रहे ।
बलिङतर्फ नवलपुरका विज्ञान गौतमले ३ तथा राहुल शर्माले २ विकेट लिए भने विवेक दराई र कमल परिवारले पनि १-१ विकेट हात पारे ।
त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले ४४.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
नवलपुरका लागि मंजिल न्यौपानेले सर्वाधिक ३५ रन बनाए । ५१ बलको सामना गरेका उनले २ चौका र १ छ्क्कासहित उक्त रन बनाएका थिए ।
यस्तै टोलीका लागि ओपनर ब्याट्सम्यान सनम बुढाथोकीले २३ र सन्देश बस्नेतले २० रनको योगदान गरेका थिए ।
बलिङतर्फ तनहुँका राजु गुरुङ , सुशील गिरी र करुणले समान २-२ विकेट हात पारेका थिए । भने चन्द्रकान्त पौडेल , विजय भण्डारी र सचिन अधिकारीले पनि समान १-१ लिन सफल भए ।
जारी प्रतियोगितामा नवलपुर जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । तनहुँको भने यो पहिलो हार हो । पहिलो खेलमा तनहुँले स्याङ्जालाई ११ रनले पराजित गरेको थियो ।
अब प्रतियोगितामा अन्तर्गत सोमबार स्याङ्जाले नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ ।