कप्तान रुविनाको सानदार शतक : झापाको फराकिलो जित
काठमाडौं (अनलाइन खेल खबर )। झापामा जारी प्रधानमन्त्री कप प्रदेश १ छ्नोट प्रतियोगितामा राष्ट्रिय महिला टोलीकी कप्तान समेत रहेकी रुविना क्षेत्रीले सानदार ब्याटिङ गर्न क्रममा शतकीय पारी खेलेकी छिन् ।
दाङको लमहीमा पुस ११ गते देखि हुन् गईरहेको महिला प्रधानमन्त्री कप अन्तर्गत प्रदेश १ छ्नोटमा झापाको प्रतिनिधित्व गर्ने रुविना आईतबार इलामविरुद्ध उक्त शतकीय पारी खेलेकी हुन् ।
टिमकी कप्तान रुविनाले सानदार ब्याटिङ गरेपछि झापाले इलाममाथि फराकिलो अन्तरले पराजित गर्ने क्रममा २ सय ११ रनले पराजित गरेको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली झापाले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो ।
जसमा ओपनर ब्याटर रुविनाले १ सय २९ रन बनाईन । ५६ बलको सामना गरेकी उनले उक्त रन बनाउने क्रममा १५ चौका र ९ छक्का प्रहार गरेकी थिइन् ।
यस्तै रुविनालाई साथ दिएकी अर्कि ओपनर अप्सरी बेगमले पनि अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरिन । भने लाखिता राजवंशीले १३ रन र काजल श्रेष्ठले १८ रनको योगदान दिइन् ।
त्यसपछि झापाले प्रस्तुत गरेको २ सय ६८ रनको विशाल विजयी लक्ष्यलाई पछ्याएको इलाम ५६ रनमै सिमित हुन् पुग्यो ।
इलामका लागि प्रज्ञा कटवालले १२ रन , सोभा अधिकारले १० रन र पयाल मगरले ११ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् ।
बलिङतर्फ झापाकी अहिसाले सर्वाधिक ३ विकेट हात पारिन् । भने ज्योती दनुवार र रोमा थापाले पनि समान २–२ विकेट लिए ।
अब छ्नोट प्रतियोगिताको उपाधिका लागि सोमबार झापा र मोरङ आमने -सामने हुनेछन् ।