onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महोत्तरी च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि दाङको लमहीमा हुन् गईरहेको महिला प्रधानमन्त्री कप अन्तर्गतको प्रदेश २ छ्नोटको उपाधि महोत्तरीले उचालेको छ ।

आईतबार भएको फाइनल खेलमा महोत्तरीले सिरहालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा ८७ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको महोत्तरीले उक्त चुनौतीलाई १४.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

महोत्तरीको जितमा बिमला मगरले अविजित रहदै ३१ रनको योगदान गर्दा अविजित रहेकी अर्कि ब्याटर गोमा आलेले पनि २४ रन जोडिन । त्यसअघि रोजि कडारीले २१ रन बनाएका थिइन् ।

बलिङतर्फ सिरहाकी सन्तोषि चौधरीेले १ विकेट हात पारिन् ।

त्यसअघि सप्तरीको राजविराजमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिरहा १६ .६ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ८६ रनमा सिमित हुन् पुगेको थियो ।

सिरहाका लागि कविता गौतमले २४ रन , उर्मिला चौधरीले १५ रन र सरस्वती चौधरीले १४ रन बनाएकी थिइन् ।

कसिलो बलिङ गर्ने क्रममा महोत्तरीकी शोभा आलेले उत्कृष्ट बलिङ प्रदर्शन गरिन् । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी उनले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरका साथ मात्र १२ रन खर्चिएर एक्लैले ५ विकेट हात पारेकी थिइन् । यस्तै बिमला मगरले ३ तथा रोजि कडारीले २ विकेट लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट बलर महोत्तरीकी रोजि कडारी, उत्कृष्ट ब्याटर सिरहाकी अनुराधा चौधरी तथा प्लेयर अफ द सिरिज महोत्तरीकी विमला मगर घोषित हुन् पुगे ।

अब यहि प्रतियोगितालाई आधार बनाएर प्रदेश २ को खेलाडी घोषणा गरिने छ । प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशले आफ्नो टोलीको घोषणा गरिसकेको अवस्था छ ।

उत्कृष्ट ब्याटर अनुराधा चौधरी ।
उत्कृष्ट बलर रोजि कडारी ।
प्लेयर अफ द सिरिज विमला मगर ।
सिरहा टिम ।

प्रतिक्रिया दिनुहोस्