onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेरी थापाको कप्तानीमा लुम्बिनी टोलीको घोषणा

काठमाडौं (अनलाइन खेल खबर ) । पुस ११ गते देखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेश – कर्णालीको टिम घोषणा भएको छ ।

लुम्बिनी प्रादेशिक संघले आईतबार घोषणा गरेको टिम अनुसार टोलीको नेतृत्व पूर्व राष्ट्रिय टिमकी कप्तानसमेत रहेको नेरी थापाले गर्ने छिन् ।

यस्तै टोलीमा सरस्वती पुन उप कप्तान रहने छिन् भने खेलाडीहरुमा गिता गोसाई,स्वतिका बजगाइ , सरिता जिसी , सरस्वती जिएम,शर्मिला रोका मगर,लक्ष्मी चौधरी,मधु डिसी, क्रितिका मरासिनी ,नितु भण्डारी,अलिशा केसी,वर्षा राना र सुस्मिता भुषाल रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीको रुपमा आशमा पुलामी,सोनम पुन , क्रिती सेन र जिज्ञासा् थापा रहेका छन् ।

टोलीको छ्नोट बाकेमा भएको प्रादेशिक छ्नोट प्रतियोगितालाई आधार मानेर गरिएको थियो । यसरी प्रतियोगितालाई लिएर टोली घोषणा गर्ने लुम्बिनी पहिलो टोली समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्